काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफु माथी पार्टी बिभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन् ।
माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित मस्यौदामार्फत सो आरोपको पुष्टी गर्न पनि शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तिब्रता दिइयो, उक्त प्रचारबाजीलाई मद्त पुग्ने गरी पोखरामा पुग्दा मुल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ दिने भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो, देशभर यसको असर देखा पर्न थाल्यो,’ शर्माले पेस गरेको राजनतीतिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘फुटाउने कसले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुट्दैछ र भनेर सोध्ने गरेका छन् ।’
उनका अनुसार माओवादी बिभाजन अन्य राजनीतिक दल, सुरक्षा निकाय र ब्युरोक्रेसीसमेतमा चासोको बिषय बन्न पुगेको छ ।
प्रतिक्रिया