महाधिवेशन समयमै हुन्छ, सार्ने कुरै छैन : सभापति देउवा

महाधिवेशन समयमै हुन्छ, सार्ने कुरै छैन : सभापति देउवा



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।

काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औँ महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए ।

केन्द्रीय समिति बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले बोल्दाबोल्दै देउवाले रोकेर भने, ‘महाधिवेशन नियमित समयमै हुन्छ । सार्ने कुरै छैन । सबै एक भएर त्यसमा लागौँ ।’

नियमित समय अनुसार महाधिवेशन हुँदा २०८२ को मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्दछ ।

नेता डा. कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाएका छन् । दुई ठूला दल (नेपाली काँग्रेस र नेकपा एमाले) सुशासनका लागि एक ठाउँमा आएको भनिए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनले बताए ।