काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो शृंखलाको तयारीका लागि आज नेपाली टोली भारत जाँदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भारतको बेङ्गलाेरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा दुई हप्ताको प्रशिक्षणका लागि नेपाली टोली भारत जान लागेको हो ।
नेपालले आउँदो सेप्टेम्बरमा क्यानडा र ओमानसँग विश्वकप लिग–२ को दोस्रो शृङ्खला खेल्ने छ । त्यसको तयारीका लागि क्यानले नेपाली टोलीलाई भारत पठाउन लागेको हो । क्यानले बन्द प्रशिक्षणमा २२ जना खेलाडीलाई बोलाए पनि १९ जना मात्र सहभागी हुनेछन् ।
टिममा परेका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामै ग्लोबल टी–२० लिग खेलिरहेकाले उनीहरू उतैबाट टोलीमा सहभागी हुनेछन् ।
प्रतिक्रिया