राष्ट्रपति पौडेलसमक्ष अष्ट्रेलियाका राजदूतको बिदाइ भेट

राष्ट्रपति पौडेलसमक्ष अष्ट्रेलियाका राजदूतको बिदाइ भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोकले बिदाइ भेट गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले सोमबार राष्ट्रपति भवनमा सो भेट भएको जानकारी दिए ।

सो अवसरमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका विषयमा कुराकानी भएको सहायक प्रवक्ता पन्थीले बताए ।

सोही अवसरमा राष्ट्रपति पौडेलले राजदूत वोकलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।