प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक

प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदमा उठेर बिरोध जनाएका छन् ।

रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताएपछि विद्युत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि बिबाद बढेको हो ।   

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरुले उठेर बिराेध जनाएका थिए ।  

अन्ततः लामो रस्साकस्सी पछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्ने मौका दिए । 

ढकालले विद्युत महशुल बक्यौताका बारेमा धारणा राखेका थिए । ‘प्रधानमन्त्रीज्युले जसरी बिद्युत नकाटन भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै विद्युत महशुल उठाउन पनि निर्देशन दिनु पर्यो’ उनले भने । 

बिद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सिमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ ।