भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा

भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युत मस्यौदा असुलीमा तलमाथी गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरिबन्धुको मुद्दा टुंग्याउने पर्ने र बिद्युत महशुल बक्यौंता कानुन अनुसार असुल गर्नुपर्नेसमेत जनाएका छन् ।

‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौं, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही बिषय उठाउने छौं,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत मस्यौदा शुल्कका बारेमा उहीँ धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ ।’ 

उनले यी तीनै बिषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधान संशोधन गरेर पछाडि फर्कन खोजेको र दुई दलको सिन्डिकेट लाद्‌न खोजेको आरोप लाग्ने गरेको उनले बताए । संविधानमा पछाडि फर्कन नसक्ने उनले बताए । दलित, मधेशी र थारूको प्रतिनिधित्व हटाउन खोजिएको भन्ने हल्ला गरिए पनि त्यसबाट पछि हट्न नसकिने उनले बताए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समावेशिताको कुरा गरे पनि उनको मन्त्रिपरिषद्‌मा दलित प्रतिनिधित्व नरहेको उनले बताए । संसदको संख्या घटाउने र सानो बनाएर समावेशी बनाउने उनले बताए ।

४० प्रतिशत मत ल्याएर पाँच वर्ष चलाउने व्यवस्था गर्न सकिने उनले बताए । उनले साना दल र ठूला दललको परिभाषा के हो भनेर प्रश्न गरे । ‘कांग्रेस-एमालेको दायित्व बहसबाट भाग्ने होइन, बरालिने पनि होइन,’ उनले भने ।