संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा टेबुल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा टेबुल



काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा टेबुल भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवदीले विधेयक पेश गरेकी हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्न सभामुख देवराज घिमिरेले अनुमति दिएका थिए ।

उक्त अनुमति दिएसँगै सभापति सुवेदीले विधेयक टेबुल गरेकी हुन् ।

यही साउन २४ गते प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले यो विषय विधेयक सर्वसम्मतिले पास गरेका थिए । यो विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ साल फागुन २५ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए ।