टिआरसी विधेयक चालु अधिवेशनबाट पारित हुन्छ : प्रधानमन्त्री ओली

टिआरसी विधेयक चालु अधिवेशनबाट पारित हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय (टिआरसी) विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने बताएका छन् । मंगलबार महान्यायाधीवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा सरकारी वकिललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रतिनिधि सभामा पेस गरिएको सो विधेयकबारे बुधबार राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय भएको छ।प्रधानमन्त्री ओलीले नेताले आफ्नो धारणा राखेपछि दुई दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताए ।

उहाँले विधेयक संसदबाट पारित हुनुलाई ठुलो उपलब्धिको रूपमा लिनुपर्ने बताउनुभयो।प्रधानमन्त्री सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गरे । उनले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताए ।