बेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

बेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता



काठमाडौं । भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाविरुद्ध पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

झाविरुद्ध सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा दर्ता गरेको हो । जिल्ला अदालत काठमाडौंले बेचनको आज बयान गराउँदै छ ।

न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदाबी लिइएको हो ।

झालाई एकीकृत कसुरमा पनि थप सजाय हुनुपर्ने मागदाबी छ ।