काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।
उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन् ।
अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक उपविदेश मन्त्री वर्मा नेपाललाई नजिकबाट बुझेका व्यक्तिमा पर्छन् ।
भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क रहेको बताइएको छ ।
प्रतिक्रिया