अपडेट: दूधकोशीका तल्लो तटीय क्षेत्रका बासीलाई सतर्क रहन अपिल

अपडेट: दूधकोशीका तल्लो तटीय क्षेत्रका बासीलाई सतर्क रहन अपिल



काठमाडौं। सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

त्यस्तै गृह मन्त्रालय विपद् महाशाखाले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्‍याएको हुन सक्‍नै भन्‍दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेको छ ।

आज दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी आएको आशंका गरेको छ ।

यो पनि- सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, दुधकोसी नदीमा बाढी