काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला थामेमा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइरहेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ । सोलुखुम्बु सदरमुकामबाट निकै टाढा रहेको खुम्बु क्षेत्रमा बाढीले के कति क्षति भयो भन्ने विस्तृत विवरण आइसकेको छैन ।
अहिले दुधकोसी नदीमा भिषण बाढी आएको छ । सोलुखुम्बु, ओखलढुंगा र खोटाङबबिच हुँदै दुधकोसी नदी बग्छ । त्यस क्षेत्रका नागरिकमा बाढीको त्रास बढेको छ ।
प्रतिक्रिया