दैलेखको लोहोरे खोला तटीय क्षेत्रमा दिउँसोसम्म सावधानी अपनाउन आग्रह

दैलेखको लोहोरे खोला तटीय क्षेत्रमा दिउँसोसम्म सावधानी अपनाउन आग्रह



दैलेख । दैलेखको लोहोरे खोला तल्लो ढुङगेश्वर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दोक्रममा रहेकाले लोहोरे खोला तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सावधानी अपनाउन भनिएको छ ।

यस्तै बाँकेको नेपालगञ्ज, खजुरा, बर्दियाको रम्भापुर, रानीजरुवा, कैलालीको टीकापुर वर्षामापन केन्द्रमा आज बिहान मध्यम वर्षा भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

आउँदो तीन दिन पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुग्ने अनुमान छ । त्यस्तै कोशी, नारायणी, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।