काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ ७ गते शुक्रबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने बताएका छन । आज बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले यस्तो जानकारी दिएका हुन ।
उनले आफूलाई भदौ ७ गतेको बैठकमा बोलाएकाले बयान दिन जान लागेको जानकारी गराएका थिए । ‘समितिले मलाई भदौ ७ गते बोलाएको छ, म त्यहाँ जान्छु, लामिछानेले बैठकमा भने, ‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ ।
प्रतिक्रिया