धरहरा खुला गर्ने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

धरहरा खुला गर्ने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह



काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिट्टै धरहरा खुला गर्ने तयारी भइरहेको बताएका छन् ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारको धरहरासम्बन्धी जिज्ञासामा उपप्रधानमन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी बन्दोवस्ती मिलाउन लागिएको बताए ।

उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक बन्दोबस्त छिट्टै प्रष्ट पारे । ‘धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ। धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने ।

काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिरहेको उनले बताए । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उपप्रधानमन्त्री सिंहको भनाइ छ ।