परराष्ट्रमन्त्री राणा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटघाट

परराष्ट्रमन्त्री राणा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटघाट



काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच भेटघाट भएको छ ।

भारत भ्रमणमा रहेकी मन्त्री राणालाई प्रमुख चौथाइवालेले उनी बसेको दिल्लीको साकेटस्थित शेराटन होटलमा गएर बुधबार भेटेका हुन् ।

भेटमा प्रमुख चौथाईवालेले मन्त्री भएकोमा कांग्रेसका नेतृ समेत रहेकी राणालाई बधाई तथा शुभकामना दिएका छन् । भेटघाटमा दुई देशबिचको सम्बन्धलगायतको विषयमा छलफल भएको बताइएको छ ।

मन्त्री राणा भदौ २ गते भारत भ्रमणमा गएकी थिइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटघाट गरेकी छिन् । उनी मंगलबारदेखि स्वास्थ्य उपचारमा रहेकी छिन् ।

मन्त्री आरजु बिहीबार नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।