आईपीओ रोकिँदा आयोजनाहरू समस्यामा परे : अध्यक्ष कार्की

आईपीओ रोकिँदा आयोजनाहरू समस्यामा परे : अध्यक्ष कार्की



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् । बुधबार इप्पान र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

अध्यक्ष कार्कीले पछिल्लो समय सेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले भने,‘विगत १४ महिनाभन्दा बढी ३० भन्दा बढी आयोजनाहरू सेवनमा रोकिएको छ । जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौँ । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरू अगाडि लैजान सकिएको छैन ।’ उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजनाहरू समस्यामा परेको बताए ।

अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिब ४५ लाखभन्दा बढी नेपालीहरूले जलविद्युतको सेयरमा लगानी गरेको बताए ।