चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता (उजुरीपत्रसहित)

चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दर्ता (उजुरीपत्रसहित)


ग्लोब नेपाल
5.5k
Shares

काठमाडौं । उपप्रधानमन्त्री विष्णु पौडेलसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । युवराज सफलले आज बिहीबार दर्ता गराएको उजुरीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई विभिन्न आरोप लगाएर उजुरी दर्ता गराएको छ ।

उपप्रधानमन्त्री पौडेलमाथि बुटवलको देवीनगर र बालुवाटारको सरकारी जग्गा किनबेचको आरोप लगाइएको छ । मन्त्री खड्कामाथि हाइड्रोपावरमा लगानीकर्ताको पहिचान बनाएका खड्कालाई कांग्रेसले स्वार्थ बाँझिने मन्त्रीको जिम्मेवारी दिएको आरोप छ ।

यसैगरी मन्त्री भण्डारी विचौलियासँग मिलेर ठगीमा संलग्न भएको आरोप छ । परराष्ट्रमन्त्री राणाविरुद्ध प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता भएकाे छ ।

चारैजना मन्त्रीमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उनले उजुरीमा भनेका छन् । उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न अख्तियारलाई भनेका छन् ।