काठमाडौं । महोत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिनादेवी राय रहेको प्रहरीले जानकारी दिएको छ । माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । रिनाको मंगबार मध्य राति १ बजे मृत्यु खुलेको प्रहरीले जानकारी दिएको छ ।
घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन ।
पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएको उनले जानकारी दिएका छन ।
यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ । रिना मंगलबार मात्रै माइतबाट ससुरा फर्किएकी थिइन् ।
प्रतिक्रिया