फ्रयांकफर्ट । जर्मनीको सोलिङ्गेन सहरको ६५० औं वार्षिकोत्सव मनाइरहेका बेला अन्धाधुन्द चक्कु आक्रमण भएको छ । शुक्रबार साँझ भएको सो घटनामा तीनजनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएका छन् ।
बिआइएलडी पत्रिकाका अनुसार, अरबी जस्तो देखिने संदिग्ध आक्रमणकारि फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आक्रमणपछि ३ दिने सबै कार्यक्रमहरू रद्द भएको छ भने बासिन्दाहरूलाई घरमै बस्न आग्रह गरिएको छ।
सोलिङ्गेनका मेयर र राज्यका नेताहरूले यस हिंसात्मक घटनाप्रति दुःख र शोक व्यक्त गरेका छन्। सो सहर एनआरडब्लुराज्यको कोलोन र डुसेल्डर्फबाट करिब ३५ किमीको दुरीमा पर्दछ ।
यसअघि गत मंगलवार फ्रयांकफर्ट सेन्ट्रल रेल स्टेसनमा एक ५४ बर्षिया व्यक्तिले गोली हानेर २७ बर्षिया व्यक्तिको हत्या गरेको थियो ।
प्रतिक्रिया