रुपन्देही । रुपन्देहीको देवदहमा तिज आउनुअघि नै दर खाएका महिलाहरुको एक समूह नै बिरामी परेको छ । देवदह–६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर ६ भदौमा सामूहिक दर खाएका थिए ।
जसमध्ये दुई दर्जन बढी फुट पोइजनका कारण बिरामी परेका छन् । दर खाएकाहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने र रिङ्गटा लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएको देवदह–६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरले बताए ।
बिरामीमध्ये २२ जनाको खैरेहनीस्थित स्थानीय अनिता मेडिकल र देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । पाँच जना स्वास्थ्यकर्मीको निगरानीमा घरमै उपचार गराइरहेका छन् । उपचारमा संलग्न डा. छविलाल गिरीले महिलाहरुलाई १ सय ४ डिग्रीसम्म उच्च ज्वरो आएको छ ।
प्रतिक्रिया