काठमाडौं । एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।
मौलापुर नगरपालिका–९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएकी हुन ।
ती महिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौनशोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आरोपपछि मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
घटनाबारे सत्यतथ्य छानबिन गरी समितिलाई १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेस गर्न आग्रह गरीएको छ । समितिले घटनाको प्रतिवेदन पेस गरेपछि कस्तो किसिमको कारबाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन ।
छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, कार्यपालिका सदस्य आशादेवी साह र अधिकृत अच्छेलाल साह सदस्य रहेका छन ।
प्रतिक्रिया