काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्याक्षको निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ ।
जस अनुसार महिला उपाध्यक्षमा अध्यक्ष माधव कुमार नेपाल निकट नेतृ जयन्ती राई विजयी भएकी छन् भने रामकुमारी झाक्री पराजित भएकी छन् । नेपाल पक्षले आफु निकट उम्मेदवारको चिट नै बनाएर बाँडेको थियो ।
राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन् ।
त्यस्तै उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९), जगन्नाथ खतिवडा (१६१), प्रकाश ज्वाला (१४५) र भानुभक्त जोशी (१५६) विजयी भएका छन् । उपाध्यक्षमा निर्वचित जोशी बाहेक तिनै जना अध्यक्ष नेपाल निकट नेता हुन् ।
त्यस्तै चार उपमहासचिवको नतिजा पनि आएको छ । जसमा मेटमणि चौधरी १५८ मत प्राप्त गर्दै विजयी भएका छन् भने रामकुमार खड्का र गरिमा शाहले १०७ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र राईले १०६ मत प्राप्त गर्दै विजयी भएका छन् । चार उपमहासचिवको लागि १९ जनाको उम्मेदवारी परेको थियो ।
अध्यक्ष नेपालका तर्फबाट जारी गरिएको सूचीमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री र जयन्ती राई दुवैको नाम थियो । जयन्ती र रामकुमारी जसलाई भोट हालेपनि हुन्छ भनेर एउटा चिट बनाइएको थियो ।
मधेशी समुदायको उपाध्यक्षमा माधव नेपाल समूहले रामचन्द्र झालाई मत मागे भने धर्मनाथप्रसाद साहलाई भूसाल पक्षका नेताहरुले मत मागे ।
प्रतिक्रिया