सामाजिक सञ्जालको उपयोग गरेर ९९ लाख ठगेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालको उपयोग गरेर ९९ लाख ठगेको आरोपमा युवक पक्राउ


ग्लोब नेपाल
189
Shares

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल फेसवुक र ह्वाट्स एप दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका घर भएर सुर्यबिनायक बस्ने रन्जन यादव रहेको प्रहरीले जानकारी दिएको छ । २२ वर्षका यादवलाई भक्तपुरको सुर्यबिनायकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

थाइल्याण्डमा बस्ने एलेन आरबि श्रेष्ठको कार दुर्घटनामा मृत्यु भएको घटना सुनाएर उनले पीडितहरुलाई मृतकको उत्तराधिकारी बनाएर थाइल्याण्डस्थित बैंक खाताको रकम निकालिदिने ‘सपना’ देखाएर ठगेको खुलेको प्रहरीले जनाएको छ । आरोपीले पीडितहरुलाई भन्ने गरेका थिए, ‘थाइल्याण्डस्थित सियाम बैंकमा श्रेष्ठको ८५ लाख अमेरिकी डलर छ, उनको नातेदार कोही नभएको हुनाले थर मिल्ने मानिसमार्फत निकाल्न सकिन्छ ।’

पीडितहरुसँग त्यही बहानामा उनले धेरै पटकमा ९९ लाख ६४ हजार ठगेका हुन । उनलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको एसपी आचार्यले जानकारी दिएका छन । आरोपीले यूएसडीटीमार्फत् ३ करोड १२ लाख १९ हजार कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।