काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे बस्ने बैठकमा नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी भएको बुझिएको छ । भोली शुक्रवारबाट अवकाशमा जान लागेकी मुख्यसचिव लीलादेवी गडतौलालाई धन्यवादसहित नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरिएको हो ।
हालकी मुख्यसचिव गडतौला ५८ वर्षे उमेर हदका कारण शुक्रवार राती १२ बजेदेखि अवकाशमा जाँदै छिन् । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला मुख्य सचिव हुन् ।
गडतौला अवकाशमा जाँदै गर्दा अब बन्ने मुख्य सचिव को भन्ने विषयमा भने निकै धेरै चाँसो देखिन्छ । एकनारायण अर्याल, दिनेश भट्टराई र डा. तोयनारायण ज्ञवालीलाई मुख्य दाबेदारका रूपमा लिइएको छ । त्यसमध्ये पनि गृहसचिव अर्याल र महिला सचिव भट्टराईमध्ये कुनै एक जनालाई आजै मुख्यसचिवमा नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया