काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले तीन जनालाई वरिष्ठ नेता मनोनीत गरेको छ । पार्टीले बिहीबार बेदुराम भुसाल, घनेन्द्र बस्नेत, प्रमेश हमाललाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।
यीमध्ये बस्नेत राजेन्द्र पाण्डेसँग वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा थिए । उनलाई वरिष्ठ नेता बनाउने आश्वासन दिएर उम्मेदवारी फिर्ता लिन लगाइएको थियो । त्यसपछि पाण्डे निर्विरोध वरिष्ठ नेता बनेका थिए ।
तीनै जना वरिष्ठ नेतालाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा राखिएको छ ।
बिहीबार सकिएको केन्द्रीय कमिटी पूर्ण बैठकले बस्नेत, हमाल र भुसाललाई वरिष्ठ नेता चयन गर्ने निर्णय गरेको उपमहासचिव मेटमणि चौधरीले बताए ।
बुधबार एकीकृत समाजवादीको पूर्ण बैठकले १७ सदस्यीय पदाधिकारी चुनावमार्फत् टुंगो लगाएको थियो । साथै १०५ सदस्यीय पोलिटब्युरो र ३४४ सदस्यीय केन्द्रीय कमिटी चयन भइसकेको छ ।
प्रतिक्रिया