काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका हरेक निकायलाई जवाफदेही बनाउनका लागि नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुझाव दिएका छन् ।
नागरिकलाई सेवा प्रवाह गर्न, विकास आयोजनालाई अगाडि बढाउन तथा सुशासन कायम गर्नका लागि कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै उनले यसमा कर्मचारी प्रशासनको ठूलो भूमिका हुने उल्लेख गरेका छन् ।
नवनियुक्त मुख्यसचिवलाई सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउनका लागि सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुने बताएका छन् ।
प्रतिक्रिया