कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत

कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसले पेशागत तथा बुद्धिजीवी विभागलाई विस्तार गरेको छ । केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा रहेको विभागमा १० जना सदस्य थपिएको छ ।

सभापति शेरबहादुर देउवाले मनोनीत गरेका विभागका सदस्यहरुमा ललितपुरका डा. लोकनाथ दुलाल, पाल्पाका डा. विष्णु बस्याल, बाँकेका डा. तबस्सुम सिद्दिकी, कैलालीका देवराज अवस्थी छन् ।

त्यस्तै चितवनका मनबहादुर थापा, सप्तरीका दिलीपकुुमार झा, मोरङका मनोज घिमिरे, दैलेखका गणेश शाही, पर्वतका डम्बरबहादुर बिक र तेह्रथुमका विजय सम्बाहाङ्फे पनि मनोनीत भएका छन् ।