काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायर पुगेका छन् ।
राष्ट्रपति पौडेललाई भक्तपुर दरबार स्क्वायर पुग्दा सांसद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधारणले स्वागत गरेका थिए ।
भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधारणसँग संवाद समेत गरेका थिए । सो क्रममा सर्वसाधारणले आम नागरिकको ठुलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको गुनासाेकाे बारेमा आफूले शासन सञ्चालन गर्ने नेताको ध्यानाकर्षण गराउने बताए ।
राष्ट्रपति पौडेलसँग सर्वसाधारणले सार्वजनिक सेवामा सहज पहुँच पुग्न नसकेको, महँगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे ।
प्रतिक्रिया