कर्णाली राजमार्ग पूर्णरूपमा ठप्प, पहिरो पन्छाउन अझै केही दिन लाग्ने

कर्णाली राजमार्ग पूर्णरूपमा ठप्प, पहिरो पन्छाउन अझै केही दिन लाग्ने



काठमाडौं । कर्णाली राजमार्ग पूर्णरूपमा ठप्प भएको छ । कर्णाली राजमार्गअन्तर्गत दैलेख–कालीकोट जोड्ने दहीखोलाको सडक पुलमा बुधवार रातीको बाढी पहिरोले क्षति गरेको छ । वर्षाका कारण पुल बगेको र ठाउँठाउँमा सडक भत्किएकाले गाडी चल्न सकेका छैनन् ।

सडक खुलाउन एक हप्ता लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए ।

कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, जुम्ला र मुगु पुगिन्छ । सडक अवरुद्ध भएपछि यात्रु र बिरामीलाई सास्ती भएको छ । मुगु, जुम्ला र कालीकोटबाट स्याउ खरिद गरी बिक्रीका लागि काठमाण्डौ, सुर्खेत र नेपालगञ्ज पुर्‍याउनुपर्ने गाडी पनि रोकिएका छन् ।