नेपालमा गाडी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये महिलाभन्दा चार गुणा धेरै पुरुष

नेपालमा गाडी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये महिलाभन्दा चार गुणा धेरै पुरुष



काठमाडौँ । नेपालका गाडी दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये महिलाको तुलनामा चार गुणा धेरै पुरुष रहेका पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ साउनदेखि २०८१ असारसम्म भएका सडक दुर्घटनामा १५ हजार एक सय ६८ जनाको ज्यान गएको छ । उनीहरूमध्ये १२ हजार तीन सय तीन जना पुरुष र दुई हजार आठ सय ६५ जना महिला रहेका छन् ।

सडकमा हुने दुर्घटना कम गर्न ट्राफिक सचेतनासँगै सडक तथा पूर्वाधार निर्माण गर्दा जोखिम आँकलन गर्नुपर्ने खाँचो रहेको विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशक डा. वसन्तराज अधिकारीले बताए ।