काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा सहमहामन्त्रीहरू, महामन्त्रीहरू, उपसभापतिहरू र सभापति बोल्ने कार्यक्रम छ ।
गत साउन २३ गतेदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो । आजको बैठक त्यसैको निरन्तरता हो ।
केन्द्रीय समिति बैठकअघि पदाधिकारी तथा पूर्वपदाधिकारीहरूबीच महासमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेकाे प्रस्तावका विभिन्न विषयमा केन्द्रित रहेर छलफल गरेका थिए ।
महामन्त्री थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्तावमा उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ । त्यस्तै महामन्त्री शर्माको ‘एक्जिट’ पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ ।
प्रतिक्रिया