बालेनलाई एमालेको ७ बुँदे ज्ञापनपत्र

बालेनलाई एमालेको ७ बुँदे ज्ञापनपत्र



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा बालेनलाई ज्ञापनपत्र बुझाएका हो ।

एमालेले महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै उक्त निर्णय बदर गरी राहत प्रदान गर्न माग गरेको छ । अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन् ।