काठमाडौं । सरकारले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको छ। सरकारले सर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
गत भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो ।
लाइसेन्स नवीकरण भएको पत्र एनसेलले बुझे पनि यसबारे औपचारिक जानकारी भने दिएको छैन। एनसेलको लाइसेन्सको म्याद भदौ १६ मा सकिएको थियो ।
एनसेलले नवीकरण शुल्कबापत पाँच अर्ब रुपैयाँ बुझाएको छ ।
दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले नवीकरण दस्तुर बापत प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । यसमा सरकारले किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधापछि एनसेलले प्रत्येक वर्ष ५ अर्ब र १० प्रतिशत ब्याजदर भुक्तानी गर्नुपर्ने छ । सोहीअनुसार एनसेलले यस वर्षको ५ अर्ब रुपैयाँ बुझाएको हो ।
प्रतिक्रिया