पाेखरा । गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन् ।
सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए ।
वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेर मनाङेले राजीनामा दिएका हुन् ।
मनाङेले वन तथा वातावरण मन्त्रालय मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजंग गुरूङलाई दिन पनि माग गरेका छन् ।
स्रोतका अनुसार मनाङेले सरकार पुनर्गठन हुँदा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय माग गरेका थिए । तर उक्त मन्त्रालय कांग्रेस सांसद विन्दुकुमार थापाले पाए ।
वन मन्त्रालयमा बजेट नुहने र आफुले चलाउन नपाउने उनले बताए । ‘वनमा बजेट छैन । मन्त्रालय हामीले हेर्न पनि पाउँदैन । यो त केन्द्रले हेर्ने हो,’ उनले भने, ‘झण्डा हल्लाएर हिडेर काम छैन ।’
प्रतिक्रिया