ओखलढुंगावासीलाई केएमसीको निःशुल्क शल्यक्रिया सेवा

ओखलढुंगावासीलाई केएमसीको निःशुल्क शल्यक्रिया सेवा



काठमाडौं । विभिन्न रोगले ग्रसित गरिब, विपन्न तथा असहाय ओखलढुंगा जिल्लावासीलाई काठमाडौं मेडिकल कलेज सिनामंगलले असोज १ गते निःशुल्क अस्पताल सेवासहित शल्यक्रिया सेवा उपलब्ध गराउने भएको छ । ओखलढुंगा कांग्रेस जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनाल (तेजेन्द्र) र काठमाडौं मेडिकल कलेजकी कार्यकारी अध्यक्ष सोइना शर्माबीच सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।

ओखलढुंगा जिल्लामा बसोबास गर्ने विपन्न, गरिब, असहाय नागरिकहरुको रोगको स्पष्ट पहिचान भइ शल्यक्रिया गर्नुपर्ने र अस्पतालमा भर्ना भइ उपचार गराउनुपर्ने विरामीले सिद्धिचरण नगरपालिकाका मेयरको सिफारिस लिइ असोज १ गते अस्पतालमा सम्पर्क राख्न कार्यकारी अध्यक्ष शर्माले आग्रह गरेकी छन् ।

नेपाली कांग्रेस ओखलढुंगाले रोगको पहिचान भइ शल्यक्रिया गर्नुपर्ने विरामीहरुले सम्बन्धित वडाको सिफारिसका साथ उपस्थित हुन आह्वान गरेको छ । एक दिन मात्र उपलब्ध हुने उक्त सेवा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपलब्ध हुने जनाइएको छ ।

सेवाग्राहीको सजिलोका लागि ९ जना सहजकर्ता तोकिएको छ । तेजन खनाल (तेजेन्द्र) ९८४१३१२३४९, कमल तामाङ ९८५१०९५२३९, अजय लुइँटेल ९८५१०४५२१९, राजकुमार ढुंगाना ९८५१०२३१३७, नवराज केसी ९८५१०६१६८४, विनोद ताम्राकार ९८५११९१३१७, उज्जन बुढाथोकी ९८५१०७७४०९, खिलानाथ लुइँटेल ९८५११२७८८९ र भोजकुमार श्रेष्ठ ९८५१०९२३२२ लाई सहजकर्ता तोकिएको छ ।