मुग्लिन–पोखरा सडक खण्डकाे पश्चिमतर्फकाे म्याद थप

मुग्लिन–पोखरा सडक खण्डकाे पश्चिमतर्फकाे म्याद थप



तनहुँ । सरकारले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरेको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकाेमा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो ।

यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

पश्चिम खण्डमा २०७८ सालको भदौ १२ गतेदेखि काम शुरू भएको थियो । पश्चिम खण्डमा २० किलोमिटर दुरीमा दुई लेन सडक कालोपत्र सकिएको छ । १३ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकाेमा पाँच वटाको काम सकिएको छ । पश्चिम खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको छ ।

मुग्लिन–पोखरा सडक खण्डमा पश्चिमी खण्डको तुलनामा पूर्वी खण्डको प्रगति राम्रो रहेको छ ।