सुनसरी । ठूलो वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । खहरे खोलामा बस्तीमाथिबाट लगातार बाढी आउने गरेपछि त्यहाँका स्थानीय बासिन्दाले रातभर सुत्न नसकेर जाग्राम बस्नुपरेको बताएका छन् ।
धरान–१३ की राधिका लिम्बूले घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको र कति बेला बाढी आएर बगाउँछ भन्ने डरले जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताए ।
हिजोदेखिको वर्षाले धरान–१३ का सात घरमा क्षति भएको छ भने झण्डै १० घर बढीको उच्च जोखिममा परेका वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । वर्षाका कारण तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताए ।
प्रतिक्रिया