मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेट गरेका छन् ।  

मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारे छलफल भएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ ।  

मन्त्री पाण्डे र राजदूत अन्सारीबीचको भेटमा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो। छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुशरण गनुपर्ने विषयमा समेत कुराकानी भएको थियो ।  

द्विपक्षीय भेटघाटका क्रममा परराष्ट्रमन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।