समाज भाँड्न बालेन उद्धत रहेको योगेश भट्टराईको आरोप

समाज भाँड्न बालेन उद्धत रहेको योगेश भट्टराईको आरोप

योगेशले भने- केपी ओलीविरुद्ध स्टाटस नलेख्नुस्, राष्ट्र भाँड्ने काम नगर्नुस्


ग्लोब नेपाल
2.4k
Shares

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिरहेको गतिविधि ठीक नभएको टिप्पणी गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा मंगलबार भट्टराईले आफ्नो दायराभित्र बसेर काम गर्न बालेनलाई सुझाए । बालेनका क्रियाकलाप नेपाली समाज भाँड्न उद्धत रहेको आरोप उनको छ ।

‘संवैधानिक हिसाबले तीन तहको सरकारमध्ये काठमाडौं महानगर एउटा सरकार हो । महानगरपालिकाभित्रको प्रधानमत्री नै हो उहाँ । उहाँले जनताले जे स्थान दिएको हो आफ्नो ठाउँमा बसेर काम गर्नुपर्छ’, उनले भने, ‘बालेनजी जे गर्दैहुनुहुन्छ त्यो ठीक छैन । उहाँ जे गर्दै हुनुहुन्छ । नेपाली समाजलाई भाँड्ने काम गर्दै हुनुहुन्छ । नभाँड्नुस त्यसरी ।’

बालेनसँग हजारौं युवाहरुको सपना जोडिएको भन्दै उनले उनका गतिविधिले ती युवाको सपनामाथि धोका हुने बताए । भट्टराईले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीविरुद्ध फेसबुकमा स्टाटस लेखेर बालेनको पपुलारिटी (लोकप्रियता) नबढ्ने टिप्पणी गरे ।

‘केपी ओलीलाई स्टाटस लेख्दैमा उहाँको पपुलारिटी बढ्दैन । तपाईंजत्तिको युवा मान्छे । तपाईंसँग लाखौं युवाहरुको सपना जोडिएको छ र त तपाईंले जित्नुभयो नि’, बालेनलाई सुझाव दिँदै भट्टराईले भने, ‘तर, तपाईं जे गर्दै हुनुहुन्छ, ती युवाहरुको सपनामाथि धोका दिँदै हुनुहुन्छ । धोका नदिनुस् र यो राष्ट्रलाई नभाँड्नुस् ।’