मलेशियामा सिरहाका रुपेशको हत्या

मलेशियामा सिरहाका रुपेशको हत्या



सिरहा । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरेका छन् ।

मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो । वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न् ।

घटनाको जानकारी पाएपछि मलेशिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ । यादवको असामयिक निधनले गाउँ र परिवारमा ठूलो क्षति पुर्‍याएको छ । घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन् ।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ । रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ ।