लुम्बिनी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा



बुटवल । लुम्बिनी प्रदेश सरकारले शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

हरितालिका तीजको ब्रत बस्ने दिनको अवसरमा लुम्बिनी प्रदेशभर बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले जानकारी दिए ।