एनपिएलको आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक

एनपिएलको आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक

सर्वाधिक रकममा बिक्री भयो टिम पोखरा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक भएको छ ।

टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो ।

नेपाल टी-२० क्रिकेट प्रालिले टिम पोखरा ३ करोड ५७ लाख रूपैयाँमा स्वामित्व लिएको छ ।

यस्तै कान्तिपुर पब्लिकेसन प्रालिले टिम काठमाडौं ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँमा खरिद गरेको छ ।

टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रूपैयाँमा लिन सफल भएको छ । फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रूपैयाँमा स्वामित्व ग्रहण गरेको छ ।

यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई लिएको छ । जनकपुरका लागि २ करोड ५ लाख रूपैयाँ रकम दिइएको छ । एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगर १ करोड ५१ लाख रूपैयाँमा लिएको छ ।

टिम कर्णालीका लागि हिमालयन बिल्डर्सले १ करोड ११ लाख रूपैयाँ लिर्ने भएको छ । टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा खरिद गरेको छ ।

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ । अब क्यानले लिगको टोली घोषणा गरेसँगै खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउनेछ ।