माछा मार्ने क्रममा राप्ती नदीले २ जनालाई बगायो

माछा मार्ने क्रममा राप्ती नदीले २ जनालाई बगायो


ग्लोब नेपाल
81
Shares

चितवन । चितवनमा माछा मार्ने क्रममा दुई जनालाई राप्ती नदीले बगाएको छ । भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जिव चौधरी, भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियारलाई मेघौली जमुनाघाटबाट राप्ती नदीले बगाएको प्रहरीले जनाएको छ ।

तीन जनालाई बगाएकामा २८ वर्षीय रोहित चौधरी भने पौडिएर बाहिर आएका थिए । इलाका प्रहरी कार्यालय पर्साढापले नदीले बगाएकाहरुको खोजी जारी रहेको जनाएको छ ।

खोजीमा प्रहरी र स्थानीयका साथै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणको नेपाली सेनाको टोली सक्रिय छ ।