कैलालीमा ट्याङ्कर चालक र सह–चालकमाथि चक्कु प्रहार

कैलालीमा ट्याङ्कर चालक र सह–चालकमाथि चक्कु प्रहार


ग्लोब नेपाल
81
Shares

कैलाली । धनगढीमा इन्धन ढुवानी गर्ने ट्याङ्करका चालक र सहचालकमाथि धारिलो हतियार प्रहार भएको छ । ना६ख ९४०६ नम्बरको ट्याङ्करका चालक डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवा र सह–चालक २२ वर्षीय अनिल देउवा घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवैको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । धनगढी–२ मा पार्किङमा राखिएको ट्याङ्करमा रहेका देउवाद्वयमाथि दुईवटा मोटरसाइकलमा आएको अज्ञात समूहले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि भागेको आक्रमणकारी समूहको खोजी जारी रहेको कैलाली प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार दुई जना भने पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा ट्याङ्कर पार्किङको विषयलाई लिएर विवाद हुँदा घटना भएको खुल्न आएको विष्टले बताए ।