प्रधानमन्त्री ओलीले किन बोलाए देउवालाई बालुवाटार

प्रधानमन्त्री ओलीले किन बोलाए देउवालाई बालुवाटार


ग्लोब नेपाल
6k
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् । कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवालाई बालुवाटार डाकेको जानकारी गराइएको छ ।

‘भेटघाट भएपछि कोशीको बारेमा मात्रै कुरा हुँदैन । अरु अरु विषयमा पनि कुरा आइहाल्छ ।’ बालुवाटार स्रोतले भन्यो । छलफलका लागि साढे ४ बजे समय तोकिएको थियाे ।

काँग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरूको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । काँग्रेसको भागमा चार मन्त्री परेका छन् । पार्टीभित्रका समूहको भागवण्डा मिलाउन नसक्दा काँग्रेसले सूची बुझाउन सकेको छैन । कोशी सरकारबाट माओवादी केन्द्र ११ साउनमा बाहिरिएको थियो ।

दुई दलबीचको छलफलमा गृहमन्त्री रमेश लेखक पनि बोलाइएको छ । गृहमन्त्री लेखकले आज नै प्रधानमन्त्री ओलीसँग प्रहरी र सशस्त्र प्रहरी विधेयकबारे छलफल गर्ने तय भएको छ ।