एन्फा महिला लिगमा कोशीको लगातार तेस्रो जीत

एन्फा महिला लिगमा कोशीको लगातार तेस्रो जीत



काठमाडौं । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले लगातार तेस्रो जीत हात पारेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४–० गोलले हरायो । कोशीका लागि पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक गोल गरिन् ।

यो जीतसँगै कोशी ३ खेलमा ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली भने ३ खेलमा १ अंकसहित नवौं स्थानमा छ ।

प्रतियोगितामा आजै दिउँसो सवा ४ बजे बाग्मती युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।

एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।