विश्वासपात्रलाई साथमा राखेर ओली र देउवाबीच छलफल

विश्वासपात्रलाई साथमा राखेर ओली र देउवाबीच छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ ।

आइतबार अपराह्न भएको छलफलमा एमालेबाट प्रधानमन्त्री ओली, अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए भने कांग्रेसबाट सभापति देउवा र पार्टी केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु देउवा सहभागी थिए ।

सत्ता गठबन्धनमा पछिल्ला केही दिनयता अविश्वास बढेको चर्चा चलेको बेला ओली र देउवाले आफ्ना विश्वासपात्रलाई सँगै राखेर छलफल गरेका हुन् । सरकार सञ्चालन तथा समग्र राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएकाे छ ।

बैठकमा समसामयिक विषयमा छलफल भएकाे देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।