प्रधानमन्त्री ओलीले घटाए कर्मचारीको खाजा खाने समय

प्रधानमन्त्री ओलीले घटाए कर्मचारीको खाजा खाने समय

आधा घण्टाभन्दा बढी समय खर्चिए हेलो सरकारमा गुनासो टिपाउ


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारी कर्मचारीको खाजा खाने समय घटाएका छन् । ओलीले आइतबार राति फेसबुकमार्फत सरकारी कर्मचारीलाई खाजाका लागि आधा घण्टा मात्र समय छुट्याइएको बताए । खाजा समय लामो भएका कारण सेवाग्राही मर्कामा परेकाले त्यसको समय घटाइएको ओलीको भनाइ छ ।

यसअघि कर्मचारीको खाजा समय एक घण्टा थियो । ओलीले खाजाको समय दिउँसो साढे १ बजे देखि २ बजेसम्म तोकेका छन् । ओलीले खाजाका लागि आधा घण्टाभन्दा बढी समय खर्चिएमा हेलो सरकारमा गुनासो टिपाउन भनेका छन् ।

‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ । तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १:३० देखि २:00 बजेसम्म कायम गरिएको छ । कार्यालयको खाजा समयबारे । यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ । शुभ रात्रि’, ओलीले लेखेका छन् ।