चित्रलेखालाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरिने

चित्रलेखालाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरिने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । काँग्रेसले पार्टी केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले यादवलाई राजदूत नियुक्तिका लागि आज साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको बुझिएको छ ।

अष्ट्रेलियाका लागि राजदूत कान्ता रिजालकाे नाम राजदूतमा सिफारिस भएको थियो । तर, यसअघि इजरायलका लागि राजदूत भएका बेला लगेको सहयोगी उतै छाडेर आएको खुलासा भएपछि परराष्ट्र मन्त्रालयले रिजाललाई नियुक्तिको प्रक्रिया नै अगाडि बढाएन । काँग्रेस केन्द्रीय सदस्य यादव पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख र पूर्वशिक्षा मन्त्री हुन् ।